शर्टकट रोमियो’को ‘बोल्ड’ सिनबाट चर्चामा अमिशा..

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी

1371278596_shortcutलामो समयदेखि बलिउडबाट ओझेलमा पर्दै आएकी नायिका अमिशा पटेल एक पटक पुनः चर्चामा आएकी छिन् । अमिशा आफ्नो नयाँ बलिउड फिल्म ‘शर्टकट रोमियो’का कारण चर्चामा आएकी हुन् । सुसी गणेशको निर्देशनमा निर्माण गरिएको उक्त ‘शर्टकट रोमियो’मा अमिशाले निकै अन्तरंग दृष्यहरु दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बलिउडमा सन् २००० मा प्रदर्शनमा आएको फिल्म ‘कहो ना प्यार हे’बाट ‘शानदार’ करियर सुरु गरेकी अमिशाले ‘शर्टकर्ट रोमियो’मा आफ्नो करियरमा नै पहिलो पटक सबैभन्दा ‘बोल्ड’ दृष्यहरु दिएकी जनाइएको छ । त्यस्तै फिल्ममा अमिशाको ‘नेगेटिभ’ भूमिका रहेको बताइएको छ । अमिशाले खल भूमिका निभाएको फिल्म पनि ‘शर्टकट रोमियो’ पहिलो भएको जनाइएको छ ।

लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेकी अमिशाले यस फिल्ममा एक धनी उद्योगपतिकी श्रीमतीको भूमिका निर्वाह गरेकी जनाइएको छ । बलिउडको ‘ब्लकबस्टर’ फिल्म ‘गदर’मा समेत अभिनय गरेकी अमिशाले ‘शर्टकर्ट रोमियो’मा दिएकी अन्तरंग दृष्य निकै ‘बोल्ड’ भएको जनाइएको छ ।

निल नितिन मुकेश र पूजा गुप्ताको समेत अभिनय रहेको फिल्म ‘शर्टकर्ट रोमियो’ एक तमिल फिल्मको रिमेक फिल्म भएको जनाइएको छ । अहिलेका युवाको कथामा आधारित रहेको भनिएको ‘शर्टकर्ट रोमियो’ आगामी साताबाट प्रदर्शनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय