रोजगारी खुल्ला गरेपनि के कारणले नेपाली कामदारलाई भिषा नदिएको होला ?

२०७१ कार्तिक १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इजरायल सरकारले पटक पटक नेपाली कामदारहरुकोलागि केयरगिभर कामको  रोजगारी बन्द गर्ने र खुल्ला गर्ने गर्दै आइरहेको छ । फिलिपिन्स, नेपाल, भारत, रसियन लगायत अन्य थुप्रै मुलुकहरुबाट कामदारहरु आयात गर्ने इजरायल नेपाली कामदारहरुलाई केयरगिभर काममा इजरायल पठाउदा नेपाली म्यानपावर कम्पनीहरुले कामदार इजरायल आइपुग्न लाग्ने लागत खर्च भन्दा अनाधिकृत रुपमा अनुचित रकम असुल्दै कामदारलाई इजरायल पठाउने गरेको, प्रयाप्त तालिम विनानै कामदारहरुलाई इजरायल पठाउदा कामदारहरु अन्यौलमा पर्ने गरेको लगायतका कारणहरु देखाउदै नेपाली कामदारहरुलाई मात्र  केयरगिभरको रोजगारी बन्द गर्दै आइरहेकोमा केही समय अघिदेखि रोजगारी खुल्ला गरेको थियो । पुरानो प्रक्रियामा रहेका १०० जनाको भिसा जारी गरी ती कामदारहरु इजरायल आइसकेको अवस्थामा अहिले लामो समयसम्म नयाँ भिसा दिइराखेको छैन । यस विषयमा कारणहरु खोतल्ने कोसिसमा यो शिर्षकलाई हामीले यो हाम्रो पहिलो वहसमा समावेश गरेका छौं । यहाँलाई यस विषयमा आफ्नो धारणा राख्न अनुरोध गर्दछौं..

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय