नेपाल इजरायल डट नेट सहकर्मी सहित पच्चीस पत्रकारलाई फेलोसीप

२०७१ कार्तिक १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एन आइ न्यूज नेपाल

नेपाल पत्रकार महासंघ पाल्पा र एमएस नेपालसँगको सहकार्यमा एनआइन्युज सहकर्मी यज्ञमूर्ति तिमिल्सिना सहित जिल्लामा क्रियाशील अन्य २५ जना पत्रकारहरूले लेखनवृत्ति पुरस्कार पाउने भएका छन् ।
यसअघि पत्रकार महासंघले गरेको खुल्ला आह्वानमा पत्रकारहरूले लेख्न चाहेको विषयबस्तु हेरी पत्रकारहरूको छनौट गरिएको छ । स्थानीय लोकतन्त्र निर्माणका सेरोफेरोमा रही १५ दिनभित्र लेखन कार्य गर्नु पर्ने गरी निर्णय सार्वजनिक गरिएको पत्रकार महासंघ पाल्पाले जनाएको छ । यसरी छनौटमा परेका पत्रकारहरूमा देव पचभैया, माधव अर्याल, कविराज नेपाल, किरण कौशल, टेकनारायण भट्टराई, कृष्ण पोखरेल, केशव घिमिरे, अनिल लिगल,जगदीश भट्टराई, रामप्रसाद न्यौपाने, बासुदेव ढकाल, रेखीराम राना, यज्ञमूर्ति तिमिल्सिना, नमिता बश्याल, जीवलाल सुवेदी, भरत शर्मा, कृष्ण दर्नाल, राजकुमार आले, धनबहादुर परियार, रनबहादुर कुमाल, बिष्णुप्रसाद पाण्डे, मन गहिरे, यमुना सारू, झविन्द्र देवकोटा, चरामणी न्यौपाने रहेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाका अनुसार छनौटमा सहभागी पत्रकारहरूले प्रतिव्यक्ति प्रतिलेखन बापत ४ हजार रूपैयाँ पुरस्कार पाउने छन् ।
पाल्पामा हाल ५ वटा एफ एम रेडियो, १ दैनिक, ४ साप्ताहिक, एक स्थानीय टेलिभिजन तथा मोफसल एवम् राजधानीका सञ्चार माध्यममा क्रियाशील गरी १ सय २५ महासंघको सदस्यता पाएका र १ सय भन्दा महासंघको सदस्यता नपाएका पत्रकारहरू क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय