दुग्ध विकाश अध्ययन अवलोकनमा इजरायलमा रहेको नेपाली टोलिको भ्रमण सम्पन्न

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७१ कार्तिक १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

एन आइ न्यूज इजरायल
farm2इजरायल डेरी वोर्डको निमन्त्रणामा इजरायल आएको राष्ट्रिय दुग्ध विकास बोर्ड नेपालको टोलीले इजरायलको विभिन्न क्षेत्रहरुमा रहेका डेरी उद्योग, गाई फार्म तथा फीड उद्योगहरुको अवलोकन भ्रमण गरेका छन् ।
विकास वोर्डका कार्यकारी निर्देशक वावुकाजी पन्तको नेतृत्वमा इजरायल आएको ६ सदस्यिय टोलिले २७ अक्टूवर सोमवार देखि ३१ अक्टोवर शुक्रवारसम्म ति क्षेत्रहरुको अवलोकन भ्रमण गरेका थिए ।
इजरायलमा रहेका उच्च प्रविधिवाट गरिएको पशुपालन त्यसमा पनि विशेष गरी उन्नत जातको गाई पालन सम्वन्धी र दुग्ध उद्योग विकाश एवम् विस्तार, कम लागतमा दुग्ध उत्पादन सम्वन्धी अध्ययन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बोर्डका निर्देशक वावुकाजी पन्तले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो । उहाँले सोही कार्यक्रम अन्तरगत इजरायल डेरी वोर्डको सहयोगमा गाई पालन फार्म, फीड सेन्टर, कृतिम गर्वाधान (Artificial Insemnation) केन्द्र लगायतका दुग्ध विकाश सम्वन्धि क्षेत्रहरुको अवलोकन गरिएको बताउदै यसले इजरायल र नेपालविचको कृषि क्षेत्रको विकासमा अझ वढि सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
नेपाली राजदूतावास तेलअभिवको सहयोग, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको समन्वय, साथै एनआरएन इजरायलका महासचिव तिर्थ गौतमको विशेष सहयोगमा उक्त अवलोकन भ्रमण सम्पन्न भएको वताइएको छ ।
 विकास वोर्डका कार्यकारी निर्देशक वावुकाजी पन्तको नेतृत्वमा रहेको उक्त भ्रमण टोलिमा विकास वोर्ड सदस्य सशिधर पौडेल, गाई फार्म प्रतिनिधी नारायण प्रसाद देवकोटा, विकास वोर्ड सदस्य  प्रमेश पोख्रेल, कृषि विकाश मन्त्रालयका प्रतिनिधी विदुर राई,  दुग्ध विकाश वोर्डका प्रशासन निर्देशक बिक्रम पराजुली रहेका थिए ।
टोलिले भ्रमण अत्यन्तै फलदायी रहेको र यसले नेपालको दुग्ध विकाश क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..