इजरायलको तिवेरियामा कार्यरत नेपालीभाषी महिलाद्वारा आत्महत्या

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७१ कार्तिक १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

 

एन आई न्यूज इजरायल,

 

वैदेशिक रोजगारीको क्रममा इजरायलको  तिवेरियास्थित सुकुमदालेत मार्गमा   कियरगिभरको रूपमा कार्यरत नेपालीभाषी   सिक्किम स्थायी घर भएकी महिलाले आत्महत्या गरेकी छिन् । anu shrepa
करिव  डेढ वर्षअघि इजरायल प्रवेश गरेकी अन्दाजी  ३५ वर्षिया  अनु शेर्पा नामक महिलाले  आफु वस्दै आएको अपार्टमेन्टमै झुन्डिएर आत्महत्या गरेको  निजले काम गर्ने  रोजगारदाताको छोरा  इगालले नेपाल इजरायल डट नेटलाई जानकारी दिए ।   निजले  काम गर्ने  नजिकै  तिवेरियामै कार्यरत  नेपाली  समाजसेवी सावी पाठकले दिनुभएको  जानकारी अनुसार  मृतकले काम गर्ने घरमा  रोजगारदाता लगायत परिवार समेत बस्दै आइरहेका छन् । उनी    कियरगिभरको  लागि छुट्टै अपार्टमेन्ट दिईएकोले साँझ काम सकेरआफ्नो  अपार्टमेन्टमा छुट्टै रहने  गर्दथिन  । विहान करिव ८ वजेतिर काममा नआएपश्चात  रोजगारदाताको परिवारले फोन सम्पर्क गरेको र शेर्पाको फोन नउठे पश्चात कोठाको ढोका ढक्ढक्याएको  त्यती गर्दापनि कुनै पत्तो नलागेपश्चात भर्याङमार्फत झ्यालवाट हेर्दा उनलाई झुन्डिएको अवस्थामा फेला पारेको रोजगारदाताको पारिवारिक  श्रोतले वताएको छ । घटनाको वारेमा थाहा हुने वित्तिकै तुरून्तै प्रहरीलाई खवर गरेको र प्रहरीले घटनास्थलको निरिक्षण गरी  मृतकको शवलाई   तिवेरियास्थित पुरिया  हस्पिटलतर्फ  लगेको जनाईएको छ । घटनाको वारेमा रोजगारदाताको छोरासँग सोधपुछ गर्दा हिजो सधै जस्तो खाना खाएर  रोजगारदाताकै घरको माथिल्लो तल्लामा रहेको  अपार्टमेन्टतर्फ गएकी थिईन् । घटनास्थलवाट मृतक शेर्पाले लेखेका चिठ्ठीहरू समेत  प्रहरीले  वरामद गरेको र अझै घटनास्थलमा  रातो मसिले लेखिएको चिठ्ठी समेत रहेको  घटनाको वारेमा वुझ्न  घटनास्थल पुग्नुभएकी   समाजसेवी   सावि पाठकले जानकारी दिनुभयो । घटनाको प्रकृती हेर्दा निजले घरायसी कारणवाट आत्महत्या गरेको  अनुमान लगाईएको छ ।  मृतक शेर्पा गत अक्टुवर ९ मा विदामा सिक्किम गएर त्यसको १ साता पछि अक्टुवर १६ मा  इजरायल फर्केकी थिईन् । शेर्पा विवाहित महिला हुन् भने निजको अन्दाजी  ११ वर्षिया एक छोरी  रहेकी छिन् ।

(तिवेरियामै कार्यरत समाजसेवी सावी पाठक र शशी केसीको सहयोगमा तयार पारिएको रिपोर्ट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..