इजरायलवाट स्वदेश फर्किएकी अनु कोइरालाको निधन

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७१ कार्तिक १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

 

एन आइ न्यूज इजरायल

fffffपूर्वि नेपालको इटहरी सतरा स्थायी घई भई रोजगारीको शिलशिलामा करिव ८ बर्ष इजरायलमा रही  एक वर्ष अघि आफ्नो इजरायलको वसाई समाप्त गरी  नेपाल फिर्किनुभएकी  करिव ४० वर्षिया  अनु कोईरालाको आज विराटनगरस्थित नविल हस्पिलमा उपचारको क्रममा निधन भएको छ । इजरायल वसाईको क्रममा पछिल्लो समयमा इजरायलको  रमातगानस्थित   हारारी ११   मा काम गर्दै आउनुभएकी कोइरालालाई क्यान्सर भएको इजरायलका चिकित्सकहरुले बताएपछि  उहाँ स्वदेश फर्किई स्वदेशमै उपचार गराइरहनु भएको थियो ।
यसैक्रममा उहाँको मृत्युको विषयलाई लिएऱ कतिपय व्यक्ति विशेषले सामाजिक सञ्जाल तथा व्लगहरुमा भ्रमात्मक खवरहरु सम्प्रेसण गरेको भन्दै इजरायलमा रहेका उहाँका शुभचिन्तक तथा साथीभाईहरुले आपत्ति जनाएका छन् । उनीहरुले उहाँ विदामा नेपाल गएको अवस्थामा मृत्यु भएको भन्दै खवरहरु सार्वजनिक भए लगत्तै नेपाल इजरायल डट नेटसँग सम्पर्क गरी उहाँ अस्वस्थ भई १ बर्ष अघि नै नेपाल जानुभएकोमा छरिएका खवरहरुमा विदामा नेपाल गएको वेला निधन भएको भनी सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण गराउदै मृत्युजस्तो संवेदनशिल विषयमा वुझ्दै नवुझी खवरहरु सार्वजनिक गर्नु आलोचनात्मक गतिविधी भएको टिप्पणी गरेका छन् ।
स्व. कोइरालाका साथीसंगीहरु गंगा आचार्य, मिना श्रेष्ठ, नितु खतिवडा लगायतका साथीहरुले मृतक कोईराला  नेपाल छुट्टीमा गएको नभई इजरायलको रोजगारी समाप्त गरी गएकोले  छुट्टीमा जाँदा मृत्यु भएको भन्ने खवर झुट कुरा भएको भन्दै खण्डन गरेका हुन् । त्यस्तै उहाँहरुले अनु कोइराला अत्यन्तै मिलनसार र सहयोगी मनकी धनी भएको स्मरण गर्दै उहाँको दिवंगत आत्माको चीर शान्तिकोलागि कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..