नेपाली महिला समाज केन्द्रिय समिति कतारले भाइटिकाको दिन भाइटिका मिलन समारोह तथा देउसी भैलो कार्यक्रमको आयोजना गरयो ।
समाजका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्पन्न भएको मिलन समारोहमा समाजका अध्यक्ष रेखा राई, उपाध्यक्ष संगीता लामा, केन्द्रिय सदस्य लक्ष्मी गुरुङ्ग, केन्द्रिय सदस्य इसोरा मगरले किरात यायोख्खाका कोषाध्यक्ष लोक बहादुर राईलाई, केन्द्रिय सदस्य अनिता सुनुवारले सुनुवार सेवा समाजका अध्यक्ष सोम सुनुवारलाई, केन्द्रिय सदस्य इसोरा मगरले मगर सेवा समाजका शरण मगरलाई र उपाध्यक्ष संगीता लामा, केन्द्रिय सदस्य लक्ष्मी गुरुङ्गले राजकुमार सापकोटालाई माइतीका रुपमा टिका लगाइदिएका थिए ।
नेपाली महिला समाजका उपाध्यक्ष आमिना खाँनको स्वागत मन्तव्य, केन्द्रिय सदस्य विष्णुमाया सुनुवारको संचालन, कोषाध्यक्ष सुष्मिता भुषाल र सहकोषाध्यक्ष रेनुका चौलागाई कार्कीको उपस्थिति रहेको सो समारोहमा समाजका तर्फबाट देउसीभैलो खैल्दै कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
समारोहका प्रमुख अतिथी रहेका एनआरएनए आइसीसी उपाध्यक्ष टिवी कार्की, विशेष अतिथी एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, आइसीसी प्रतिनिध उमेश अधिकारी, आइसीसी सदस्य अमृत गुरुङ्ग, एनसीसी सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुम, जनप्रगतिशील मञ्चका अध्यक्ष होमनाथ शर्मा, कतार नेपाली एकता समाजका महासचिव विष्णु थापा, तनहु सेवा समाजका अध्यक्ष धनबहादुर परियार, किरात यायोख्खा शाखा कतारका अध्यक्ष अमृत राई, गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्का, तमु सेवा समाजका सचिव खुशीमान तमु लगायत संघिय समाजवादी समाज कतार, मुस्लिम सेवा समाज कतार, अर्धाखाँची सेवा समाजका प्रतिनिधीहरुले उपस्थिति जनाई आआफ्ना तर्फबाट शुभकामना मन्तव्य समेत राखेका थिए ।
नेपाली महिला समाज कतारको भाइटिका मिलन समारोह तथा देउसी भैलो कार्यक्रम
[addthis tool="addthis_inline_share_toolbox"]
२०७१ कार्तिक १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
तिलविक्रम थेवे, दोहा कतार
ताजा समाचार
लोकप्रिय
बिशेष
युद्द विराममा , इजरायल र प्यालेसटाइन
भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..
© 2022: A1nepal.com मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd