इजरायलमा गाउँघरको झल्को दिलाउने गरी लक्ष्मी पूजा तथा देउसी भैलो

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७१ कार्तिक १४, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर
oct-27-2014
एन आई न्यूज इजरायल,

hinनेपालीहरुको दोस्रो ठूलो पर्व  तिहार इजरायलमा रहेका नेपालीहरुले लक्ष्मी पुजा, देउसी भैलो तथा विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । इजरायलमा हिन्दुत्वको संरक्षण गर्दै नेपाली मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संचालन गरिएको हिन्दु जागरण नेपाल अभियान इजरायल र पिछडिएका र विभिन्न खाले हिंसामा परी पिडित भएका नेपाली नारीहरुको उत्थानकोलागि इजरायल लगायत विश्वभरका नेपाली नारीहरुको पहलमा स्थापना गरिएको वहुलक्षित “नारीका लागि नारी” रु १ करोड १ रुपैयाँ  परोपकारी अक्षयकोषद्वारा संयुक्त रूपमा  लक्ष्मी पूजा तथा देउसी भैलो कार्यक्रमको आयोजना गरी यस बर्षको तिहार मनाइएको हो  ।

190

प्रवासमै रहेर पनि आफ्नो धर्म, संस्कृति, परम्परा र रितीरिवाजको जगेर्ना गर्ने तथा  रमाईलो जमघटसंगै आफ्नै गाउँघरको झल्को मेटाउने प्रयासस्वरूप  इजरायलमा रहेका यी दुई संस्थाहरूको संयुक्त पहलमा गत शुक्रवार इजरायलको तेलअभिवमा देउसीभैलो खेलिएको थियो ।
इजरायलको तेलअभिवस्थित एउटा अपार्टमेन्टमा विधिवत लक्ष्मीपुजा गरी लेवन्स्की पार्कमा अनौपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा अनौपचारिक शुभकामना मन्तव्य दिदै नारीकालागि नारीकी  संस्थापिका सिता तिवारीले प्रावसमा रहेर पनि आफ्नो धर्म, संस्कृतिलाई माया गरी कार्यक्रममा उपस्थित भइदिएकोमा हार्दिक धन्यावाद ज्ञापन गर्दै शुभ दिपावली २०७१ को शुभकामना दिनुभएको थियो ।
कार्यक्रम अनौपचारिक रुपमा शुरु भएतापनि कार्यक्रमको शुरुवातमा नेपाली राष्ट्रिय गानको सुमधुर धुन, गायत्री मन्त्र र वुद्द मन्त्र ओममाने पेद्मे हुमको धुनसँगै कार्यक्रम नेपाली सांस्कृतिक देउसीभैलोमा प्रवेश गरेको थियो ।
लेवन्स्की पार्कबाट शुरुवात गरिएको देउसी भैलो कार्यक्रम पार्क नजिक रहेका अधिकांश नेपालीहरुका अपार्टमेन्टमा गई खेलिएको थियो । करिव आधा दर्जन अपार्टमेन्टहरूमा देउसी भैलो खेल्न पुगेको टोलीलाई अपार्टमेन्टहरुमा उत्साहपूर्वक स्वागत गरिएको थियो भने टोलिलाई सामुहिक तथा व्यक्तिगत रुपमा समेत भैलो दक्षिणा दिइएको थियो । कार्यक्रमबाट ८३ हजार ८ सय ३ रुपैया संकलन गरिएको छ ।
आयोजकहरुले देउसी भैलाबाट संकलित सो दक्षिणा नेपालमा सामाजिक काममा लगाउने बताएका छन् ।
लेवन्स्की पार्कमा देउसी भैलो हेर्न आउने दर्शकहरुले गुरु गुरुप्रसाद उपाध्यायबाट लक्ष्मी पुजाको टिका तथा प्रसाद ग्रहण गरेका थिए ।
कार्यक्रमको संचालन हिन्दु जागरण अभियान इजरायलका संयोजक रामगोपाल भण्डारी र नारीकालागि नारी अक्षय कोषकी संस्थापिका नितु खतिवडाले गर्नुभएको थियो भने देउसी भट्टाउनेमा सुमी भण्डारी आचार्य रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..