“एनआरएन इजरायल राजिनामाको चपेटामा” शिर्षकको समाचारप्रति एन आर एन इजरायलको ध्यानाकर्षण (प्रेस विज्ञप्ती)

२०६८ माघ ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एन आइ न्यूज इजरायल DEc-12-2012

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले इजरायलबाट संचालन गरिएको एक अनलाइन न्यूज मिडियाबाट प्रकाशित “एन आर एन (एन सि सी) ईजरायल पुन: राजिनामाको चपेटामा हिसाव किताव देखाउन आलटाल गरेको भन्दै राजिनाना दिए” भन्ने शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । एन आर एन इजरायलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो मिडियामा छापिएको उक्त समाचारप्रति सत्यता नभएको उल्लेख गर्दै  अगाडि भनिएको छ – “संस्थाको अध्यक्ष सामु पेश नगरिएका त्यस्ता आधारहिन राजिनामा  पत्रलाई आधार वनाई सो बेवसाइटमा प्रकाशित उक्त समाचारप्रति कुनै सत्यता नभएकोले यी यस्ता कुराहरुमा नआउन सम्पूर्ण इजरायलबासी नेपालीहरुलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल हार्दिक अनुरोध गर्दछ ।“

दुई दिन अघि एन आर एन इजरायलकी कोषाध्यक्ष मोनिता नेवारनी र सदस्य सुर्य वस्यालले राजिनामा गरेको भन्दै उक्त बेवसाइटले राजिनामा पत्रसहित समाचार संप्रेसण गरेको थियो ।
एन आर एनए, इजरायलद्वारा जारी प्रेस विज्ञप्तीको पूर्ण अंश यसप्रकार छ –

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय